arrow

दार्चुलामा एक युवाको शव फेला, हत्याको आशंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
death photo.jpg

काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिकाको वडा नम्बर ४ घोलचौर भन्ने ठाउँको खोलामा एक युवाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार व्यास गाउँपालिका वडा नम्बर ४ डोकट बस्ने ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको हो । 

अहिले घटनास्थलमा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की नेतृत्वको टोली खटिएको छ ।

स्थानीयले हत्या भएको हुनसक्ने आशंका गरिएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ