सागर ढकालको भन्दा झण्डै दोब्बर मतले शेरबहादुर देउवा अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
722
Shares
डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै मतान्तरले अगाडि रहेका छन् । ३ हजार ६७३ मत गणना हुँदा देउवा झण्डै दोब्बर मतले अगाडि छन् ।
देउवाले १ हजार ७३६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत ल्याएका छन् । नेकपा एमालेकोसमेत समर्थन पाएको भनिएका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ६२६ मत ल्याएका छन् ।