arrow

महासंघ वैठकमा विधानको कुरो उठेन; विधानको छलफल विशेष साधारण सभामा

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
fncci.jpg.jpeg
काठमाडौं। नेपाली उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चन्द्रागिरीमा भएको वैठकमा संसोधनको तयारीमा रहेको महासंघको  बहुचर्चित विधानको बारेमा सामान्य चर्चा समेत भएन। विधानको बारेमा केहि केन्द्रीय सदस्यले कुरा उठाउने प्रयास गरेपनि अधिकांश पदाधिकारी र सदस्यहरु तैचु मैचुप रहे। वैठकमा थुप्रै एजेण्डाले प्रवेश पायो। औद्योगिक सुरक्षासम्वन्धि कुरादेखि सरकारले गरेको अनुगमनसम्मका कुरा उठे। सरकारले विभिन्न बस्तु तथा सेवामुलक उद्योग तथा कारखानाहरुका साथै विभिन्न निकायमा अनुगमन गरेको विषय पनि महासंघको छलफलको विषय भयो। तर महासंघको चैत्रमा हुने चुनावको लागि तयार गरिदै गरेको विधानको बारेमा खासै चर्चा भएन। 
 
बाहिर विभिन्न माध्यममा आएको झै विधान संसोधन हुन लागेको विषयमा केहि केन्द्रीय सदस्यले आवाज उठाएका थिए। केन्द्रीय सदस्यहरुले कुरा उठाउँदा अधिकांश पदाधिकारी र उनीहरुलाई समर्थन गर्ने केन्द्रीय सदस्यहरु एक अर्काको मुख हेराहेर मात्र गरेर बसे। वैठकको एजेण्डामा विधान संसोधनको विषय केन्द्रीय समिति सचिवालयले पनि ल्याएको थिएन। हुन त महासंघ केन्द्रीय अध्यक्षले विधानको विषयमा केन्द्रीय समितिको चन्द्रागिरी वैठकमा छलफल नहुने बताएका थिए। तर पनि कतिपय सदस्यहरुले कुरा उठाएपछि विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालले यस बिषयमा धनगढी वैठकमा चर्चा भइसकेको भन्दै कुरालाई टुङ्ग्याउन खोजेका थिए। कतिपय सदस्यहरुले थप चर्चाको आवश्यकता औल्याएपछि भने उनले यस बारेमा वैठकको एजेण्डा नभएको तथा कार्तिकमा हुने विशेष साधारण सभामा नै पेश गरिने बताएर ढकालले विधानको एजेण्डालाई बिचमै रोकेका थिए।  
 
वैठकमा औद्योगिक सुरक्षाको प्रत्याभुति सरकारले गराउनु पर्ने भन्दै निर्णय समेत भएको छ। त्यसैगरि आपूर्ती मन्त्रालय लगायतका मन्त्रालय र विभागहरुले गरेका  अनुगमनलाई व्यवस्थित र नियमित गर्नुपर्ने माग महासंघले गरेको छ। साथै अनुगमन स्वदेशी बस्तु तथा सेवामा मात्र हैन विदेशीमा पनि गर्नुपर्ने महासंघले माग गरेको छ। उस्तै प्रकृतिको विदेशी सामानलाई उन्मुक्ति दिने कार्य नगर्ने व्यवसायीहरुको संस्थाल माग गरेको हो। 
 
को को जाँदैछन् भारतमा उद्योगी व्यापारी ?
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाली उद्यमी व्यापारीहरुको करिव १ दर्जनको टोली त्यसतर्फ जाँदै छ। टोलीमा महासंघका अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, पूर्व अध्यक्ष चण्डी ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, केन्द्रीय सदस्यहरु चन्द्र ढकाल, ज्ञानेन्द्र प्रधान, ज्योत्सना श्रेष्ठ, प्रसिद्ध बहादुर पाण्डे लगायतका टोली दिल्ली भ्रमणमा उत्रदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ