-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरामा दोब्बर मतले अगाडि रहेका छन् ।
सभापति देउवा स्वतन्त्रका उम्मेदवार सागर ढकालभन्दा दोब्बर मतले अगाडि रहेका हुन् । पछिल्लो तथ्यांकअनुसार देउवा र ढकालबीच २९४८ मतको अन्तर छ।
देउवाले ५ हजार ६२१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले २५९९ मत ल्याएका छन् ।
नेकपा एमालेकोसमेत समर्थन पाएको भनिएका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले १ हजार ६३६ मत ल्याएका छन् ।