arrow

लुकाकुले ११ मिनेटमा ह्याट्रिक गर्दा एभर्टनको शानदार जित

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
lukaku.jpeg
लण्डन । बेल्जियन स्ट्राईकर रोमेलु लुकाकुले ११ मिनेटको अन्तरालमा ह्याट्रिक गरेपछि इङ्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले सण्डरल्याण्डलाई ३–० ले हराएको छ ।
 
Romelu Lukaku celebrates after scoring his first goal for Everton since March against Sunderland on Monday night
 
सण्डरल्याण्डको मैदानमा भएको खेलको को पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा लुकाकु नायक बने ।
 
The Belgium international rises highest to head home Yannick Bolasie's excellent cross and double his tally for the evening 
 
६० औं मिनेटमा पहिलो गोल गरेका लुकाकुले ६८ औं मिनेटमा दोस्रो तथा ७१ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । 
 
It was the Belgium international's third club career hat-trick and he wasted no time in celebrating his achievement
 
लुकाकुले जारी सिजनको इङ्लिश प्रिमियर लिग फुटबलमा गोलको खाता खोल्ने क्रममै ह्याट्रिक गरेका हुन् । यसअघि पहिलो हाफमा लुकाकु र जेर्माइन डेफोले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।
 
Fans clapped and cheered during the fifth minute which represented how many years Bradley has suffered with cancer
 
यो जितसँगै एभर्टन प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
 
Duncan Watmore (left) uses his strength to get past Idrissa Gueye early on during the first half on Monday night
 
एभर्टनको ४ खेलबाट १० अंक छ भने समान १० अंक जोडेको चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको १२ अंक छ ।
 
Defoe tried to get ahead of Williams but the Wales international stuck with him to regain possession for Everton
 
म्यानचेष्टर सिटीसंग पराजित भएको म्यानचेष्टर युनाइटेडको ९ अंक छ । 
 
Gueye, who impressed all evening at the Stadium of Light, catches up with Adnan Januzaj to win the ball back



नयाँ