arrow

बाग्लुङ २ : मन्त्री पौडेलको फराकिलो अग्रता, पच्छ्याउँदै एमालेकी शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
devendra podel.jpg

बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् । 

जारी मतगणनामा मन्त्रीसमेत रहेका पौडेलले १९ सय ९ मत प्राप्त गरेका छन् । पौडेललाई नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले १ हजार ३५ मतका साथ पच्छ्याइरहेकी छन् । 

यसैगरी गण्डकी प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचन २९ सय ९५ मतसहित अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २७ सय ५९ मतसहित पछ्याइरहेका छन् ।  

यस्तै, गण्डकी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका द्रोणकुमार कुवँर ४२ सय ८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन ३५ सय ६८ मतसहित कुँवरलाई पच्छ्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ