arrow

नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि (कार्यतालिका विवरणसहित)

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
congress-women-flag-1.gif
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । यसका लागि २२४४ महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
 
सोमबारदेखि नै पार्टी मुख्यालय सानेपामा नाम दर्ता जारी छ । सो क्रम मंगलबार पनि चलिरहेको छ । 
 
बुधबारको कार्यक्रम के छ त ? 
बुधबार आफ्नो ठाउँमा बसेका महाधिवेशन प्रतिनिधिहरु सो ठाउँबाटै बिहान १० बजे जुलुससहित शान्ति बाटिका रत्नपार्क भेला हुनेछन् । प्रतिनिधिहरु सुन्धारा, बागबजार, ठमेल र नयाँ बजारका होटलहरुमा बसिरहेको केन्द्रीय सदस्य मालती सोडारीले बताइन् । 
 
शान्तिबाटिकामा भेला भएपछि त्यहाँबाट सबै एकैपटक उद्घाटन स्थल भृकुटीमण्डपमा भेला हुनेछन् । 
 
खानपिनको व्यवस्था भृकुटीमण्डपमै हुनेछ । 
 
दिउँसो १ बजे उद्घाटन कार्यक्रम सुरु हुनेछ । 
 
पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । 
 
उद्घाटन कार्यक्रम तीन घण्टाको हुनेछ । 
 
तर नेताहरुले बोल्दा समयलाई ख्याल नगर्ने भएकाले र समयमै कार्यक्रम सुरु हुने ग्यारेन्टी नभएकाले लम्बिन पनि सक्छ । 
 
रातिको खाना भृकुटीमण्डपमै हुने भएकाले तीन घण्टाको तालिका भए पनि त्यो स्वतः बढ्ने निश्चित छ । 
 
 
बिहीबारको कार्यक्रम –
 
बिहीबार बिहान ८ बजे भृकुटीमण्डपमै चियापान कार्यक्रम हुनेछ । 
 
त्यसपछि भृकुटीमण्डपमै बन्दसत्र सुरु हुनेछ । 
 
३१ गते शुक्रबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम भए पनि निर्वाचन समितिले अहिलेसम्म त्यो तालिका बनाउन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ