arrow

इन्द्रजात्राको लिङ्गो ढलेर दुईजना घाइते

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
indra-.jpeg
काठमाडौँ। यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।
 
नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते भएका छन्। हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 
बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास भइरहेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ