arrow

अप्ठेरोमा एमालेका पदाधिकारीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
uml-cpn.jpg

काठमाडौं । आइतबार भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतगणना जारी हुँदा एमालेका धेरै पदाधिकारीहरु मतगणनामा पछि परेका छन् । पछिल्लो मत परिणामअनुसार देशभरको मतपरिणाम नेकपा एमालेले दोस्रो हुँदा पदाधिकारीहरु भने पछि परेका हुन् । 

अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरु टोपबहादुर रायमाझी र लेखराज भट्ट, गोकर्ण विष्ट, छविलाल विश्वकर्माबाहेक अन्य पदाधिकारीहरु मतगणनामा पछि परेका छन् । 

एमालेका धेरैजसो पदाधिकारीहरु पछि पर्दा ललितपुर–२ मा विजय प्राप्त गरेको छ । त्यस्तै काठमाडौं–९ मा पनि जित हासिल गरेको छ । 

एमालेका वरिष्ठ उपाध्यक्ष काठमाडौं ५ बाट चुनावी मैदानमा छन् । उनीसँग नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा हुँदा पौडेलले मतान्तरण बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार १८ मत ७९७ गणना हुँदा  प्रदीप पौडेल ६१८१ र ईश्वर पोख्रेलले ४३६५ मत प्राप्त गर्दा मतान्तर १८१६ मतको फरक परेको छ । 

त्यसैगरी एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अहिलेसम्म पछि परेका छन् । पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अगाडि छन । पछिल्लो मतपरिणामअनुसार पौडेलले २३४४ र गणेश पौडेलले २५४४ मत प्राप्त गरी उपाध्यक्ष पौडेललाई पछि पारेका छन् । 

यस्तै, एमालेका अर्का उपाध्यक्ष सुवास नेम्वाङ अघि पछि अघि गरिरहेका छन् । उनी अहिले अघि लागेका  इलाम–२ मा पूर्वसभामुख सुवास नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग प्रतिस्पर्धा गरिरहेका  छन् । उनी कहिले अघि त कहिले पछि भैरहेका छन् । पछिल्लो परिणाम अनुसार पछि परेका छन् ।  

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन १ मा पछि परेका छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका विश्व पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच प्रतिस्पर्धा भैरहेको छ । 

एमालेका सुरेन्द्र पाण्डे अझै तेस्रो स्थानमा छन । यस्तै, एमाले महासचिव शंकर पोखरेल पनि गठबन्धनको तर्फबाट माओवादीकी रेखा शर्माभन्दा पछि परेका छन् ।  दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छिन् । 

१६ हजार २९ मत गणना हुँदा एमालेका महासचिव शंकर पोख्रेल भन्दा शर्मा १ हजार ३ सय ५२ मतले अगाडी छिन् । 

शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन् । 

एमाले सविच छविलाल विश्वकर्मा थोरै मतले अघि छन् । यस्तै कैलाली ४ मा एमाले सचिव लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलाययरबीच कडा टक्कर रहेको छ । 

उनीहरुले आलोपालो गरिरहेका छन् । एमाले सचिव गोकर्ण विष्ट करिब २३ सय मतले अघि बढिरहेका छन् । 

उनलाई नेकपा एसकी रामकुमारी झाक्रीले पछ्याइरहेकी छिन् । पदाधिकारी मध्ये सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीमा अघि छन् । 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ देव गुरुङ भन्दा १९०९ मतले अघि देखिएका छन् । मधेश प्रदेशका नेता एवं एमाले सचिव रघुवीर महासेठको परिणाम अझै आइसकेको छैन भने अर्को सचिव योगेश भट्टराईको क्षेत्रमा मतगणना हुन बाँकी रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ