arrow

होस्टल बाटै दुई बिद्यार्थी बेपत्ता

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। फिदिममा रहेको मेची इङलीश स्कुलमा अध्ययनरत २ विद्यार्थी गत चार दिनदेखि गतेदेखि बेपत्ता भएका छन्।
 
बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वशन्त राई रहेका छन्।
 
पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वशन्त कक्षा ६ मा अध्ययनरत थिए। विद्यालयको आवास गृहमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राती ११:४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ।
 
बिनाकारण सम्पर्क बिहीन भएका उनीहरुको खोजीकार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भ्वाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताए। बेपत्ता भए सँगै उनीहरुको परिवार भने चिन्तामा डुबेका छन्। उनीहरु जहाँ रहे पनि चाँडै फर्केर आउन परिवार र विद्यालयलले आग्रह गरेको छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ