arrow

पर्वतमा कांग्रेसका अर्जुन जोशीको अग्रता, प्रदेशका दुवै सिटमा एमाले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-parbat-congress-uml.jpg

पर्वत । पर्वतमा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले अग्रता लिइरहेका छन् । मतगणनाको पछिल्लो जानकारी अनुसार जोशीले नेकपा एमालेका पदम गिरीलाई ५०८ मतले पछि पारेका हुन् ।

जसमा जोशीले ५६ सय १४ र गिरीले ५१ सय ६ मत प्राप्त गरेको बताइन्छ । 

यसैगरी प्रदेशसभा (क) तर्फ नेकपा एमालेका भक्त कुवँरले अग्रता लिएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवरलाई २७८ मतान्तरले पछि पारेका हुन् । भक्तले ६५ सय ७ र सुदीपले ६२ सय २९ मत प्राप्त गरेका छन् ।  

यस्तै, प्रदेशसभा (ख) तर्फ पनि नेकपा एमालेका मित्रलाल बस्यालले अग्रता लिएका छन् । बस्यालले ४८ सय ३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका ऋषिकेश तिवारीले ४ हजार ९९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ