arrow

संविधान तत्काल संशोधन हुदैन : पूर्वप्रधानमन्त्री खनाल

तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
jhalanath-khanel.jpeg
इलाम। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
 
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा मंगलबार बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे।
 
कार्यक्रममा उनले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताए। “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उनले भने।
 
इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनको भनाइ छ।
 
गत आव २०७२-७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमनसमेत गरेकाछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ