arrow

हाम्रा मुद्दामा सरकार गम्भीर छैन, पुनःविचार गर्नुपर्छ : उपेन्द्र यादव

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
upendra-yadav-fnl-.jpg.jpeg
विराटनगर  । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको बताएका छन् । 
 
विराटनगर विमानस्थलमा बिहान सञ्चारकर्मीसँग वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए । 
 
संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन प्रमुख राजनीतिक दल मिल्नुपर्छ ।’ 
 
अध्यक्ष यादवले सरकारलाई सङ्कटमा नपार्न आफूहरुले संविधान संशोधनका लागि समयसिमा नतोके पनि यस विषयमा सरकार गम्भीर नभएमा पुनःविचार गर्नुपर्ने अवस्था आउने उल्लेख गरे । 
 
यादवले प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग नजोड्न आग्रह गर्दै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ