arrow

दिल्लीबाट परराष्ट्रमन्त्री फर्किएको विमानको टायर पड्कियो, यात्रु सकुशल

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
Nepal-Airlines-new.jpeg
काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजावहाक आर ए –२०६ विमानको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टायर पड्किएको छ । 
 
विमानमा रहेका यात्रुहरुहरुलाई भने कुनै चोट नलागेको बताइएको छ । विमानमा परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत दिल्लीबाट फर्किएका थिए । महत फर्किएकै विमानको टाय पञ्चर भएको विमानस्थलबाट उनका सहयोगी एकराज पाठकले जानकारी दिए । 
 
 लुम्बिनी नाम भएको यो जहाजको यात्रु क्षमता १ सय ५८ सिट रहेको छ भने, सबै सिटमा यात्रु रहेको बताइएको छ । 
 
अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो । 
 
जहाज धावनमार्गलाई असर पर्ने गरी रोकिएपछि उडान र अवतरणमा असर पुगेको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले रनवे बन्द गरिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ