प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका परराष्ट्रमन्त्री प्रकाशशरण महत स्वदेश फर्किएका छन् ।
फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्ररकामाझ महतले भारतले फेकी केही नाका खोल्ने सहमति भएको बताए । उनले भने, ‘भारत केही नयाँ नाका खोल्न सहमत भएको छ ।’ विकास सम्बन्धि नयाँ सम्झौता हुने बारे कुरा भएन । पुरानै कयौं सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा भारतीय पक्ष सकारात्मक भएको छ ।
परराष्ट्रमन्त्री महतले पुरानै कार्ययोजनाहरुलाई पूर्ण गर्ने कुरामा आफ्नो विशेष छलफल भएको बताए । यस्तै, भारतीय राष्ट्रपति भ्रमणबारे कुरा भएको प्रधानमन्त्री जाँदा कहिले आउने भन्ने यकिन हुने जानकारी महतले दिए ।
भारतीय विद्युत मन्त्रीसंग भएको भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्नेबारे कुरा भएको मन्त्री महतले बताए । उनले भने, ‘सहज आयात निर्यात, सुरक्षा र सीमा क्षेत्रको ढुबानबारे पनि कुरा भएको छ ।’ मूख्य गरेर यसअघिकै महत्वपूर्ण एजेण्डाहरुलाई कार्यान्वयन गर्नेबारे भारतीय पक्ष सहमत भएको महतले जानकारी दिए ।