arrow

महिला संघको महाधिवेशन : सिटौला समूहको शक्ति प्रदर्शन

logo
काठमाडौं ।
प्रकाशित २०७३ भदौ २८ मंगलबार
sitaula-samuha-sakti-pp.jpeg
 नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिलासंघको वुधबारबाट राजधानीमा सुरु हुने तेस्रो महाधिवेशनको पूर्वसन्ध्यामा नेता कृष्ण सिटौला समूहले शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा एक भव्य समारोह गर्दै सिटौला समूहले मंगलबार शक्ति प्रदर्शन गरेको हो । 
 
सभागृहमा सिटौला समर्थहरुको उत्साहजनक सहभागिता रहयाे भने, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरु, महिला संघ जिल्ला सभापतिहरु र अन्य भ्रातृसंगठनका पदाधिकारी एवं प्रतिनिधिहरु कार्यक्रममा उपस्थित थिए । 
 
कार्यक्रममा सिटौला समूहबाट नयाँ नेतृत्वका लागि दिने उम्मेद्वारीबारे पनि छलफल भएकाे छ । पूर्वमहामन्त्री समेत रहेका सिटौला सहित कार्यक्रममा, स्वास्थ्यमन्त्री रहेका गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल लगायत २५ बढी सांसदहरु उपस्थित भए । यसअघि सिटौला समूहले अनुपम पार्टी प्यालेसमा कार्यक्रम गरेको थियो । 
 
यस्तै, पार्टी सभापति शेरबहादुर देउवाले समेत आफ्नो छुट्टै भेला गराएका छन् । नेपाल महिला संघको तेस्रो महाधिवेशन वुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । यसका लागि २२४४ महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । सोमबारदेखि नै पार्टी मुख्यालय सानेपामा नाम दर्ता जारी छ । सो क्रम मंगलबार पनि जारी छ । 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ