arrow

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भारत भ्रमणको एजेण्डा सुनाए, परराष्ट्रमन्त्रीकाे ब्रिफ पनि तात्तातै सुने

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
bidhya-bhandari-prisedent-new.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमण र भ्रमणका एजेण्डाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । 
 
प्रधानमन्त्री दाहालले दिउँसो राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेर भ्रमणको विषयबारे जानकारी दिएका हुन् । भ्रमणका क्रममा द्विपक्षीय हित र यसअघि भएका विभिन्न सम्झौताको पुनरावलोकन र कार्यान्वयनबारे आफुले भारतीय समकक्षीसंग कुरा गर्ने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरालाई बताए । 
 
आचार्यका अनुसार भेटमा राष्ट्रपति भण्डारीले मुलुकको हित हुने विषयमा विकेक संगत कुरा राख्नु सुझाइन् । स्तै, प्रधानमन्त्री दाहालले मंगलबारे दिउँसो नै उपराष्ट्रपति नन्दबहादुर पुनसंग समेत भेट गरेका छन् ।
 
दाहाल बिहिबार भारतको चार दिने औपचारिक भ्रमणममा जाँदै छन् भने, उपराष्ट्रपति पुन वुधबार नै भेनेजुएला जाँदै छन् । उपराष्ट्रपति पुन भेनेजुएलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 
 
प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो मात्रै भारतको दिल्लीबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महतको ब्रिफ समेत सुनेका छन् । महतले आफुले प्रधानमन्त्रीको भ्रमणका लागि तयार गरेको वातावरण र छलफलका लागि यकिन गरेका एजेण्डाबारे दाहाललाई जानकारी गराएको उनको नीजि सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ