arrow

प्रहरी हवल्दारको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
मोरङ । मोरङको विराटनगरमा दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मृत्यु हुने विराटनगर–६ का रेवतीरमण भण्डारी हुन् । उनी हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत थिए । 
 
विराटनगर–७ स्थित शनिमन्दिर चोक अगाडि कोसी राजमार्गमा बरगाछीबाट रोडशेष जाँदै गरेको को७ प ७४५३ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको नम्बर नखुलेको ट्राक्टरमा ठोकिदाँ भण्डारी गम्भीर घाइते भएका थिए । 
 
घाइते भण्डारीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ