arrow

संविधान संशोधन नभए १० महिनामा संविधानको अन्त्य हुन्छ : कर्ण

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
laxman.jpeg
भक्तपुर। सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएमा दश महिनामै संविधानको अस्तित्व समाप्त हुने बताएका छन् ।रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै कर्णले ४७ सालको संबिधान दश बर्ष नटिके जस्तै संविधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संविधानको अस्तित्व सकिने बताएका हुन् ।
 
अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु बैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनु पर्ने उनले बताए ।
 
कर्णले मधेशको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै निर्वाचन गर्छौ भन्दै सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप लगाए । कर्णले सिंमाकन बिबाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुइ प्रदेश निर्धारण गरिनुपर्ने बताए ।
 
भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने उनले बताए । उनले भारतको बिषयमा बोले  राष्ट्रघाती र चीनको  समर्थन  गरे राष्ट्रबादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ