arrow

सर्वदलीय बैठकको सुझाव : नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ पार्नुस्

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
pm-ko-niwasma-dalharu.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणबारे विभिन्न दलहरुले सुझाव दिएका छन् । आसन्न भारत भ्रमणबारे सुझाव लिन बोलाइएको व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा दलहरुले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ र मैत्रीपूर्ण बनाउन सुझाएका हुन् ।
 
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमूख एवं प्रतिनिधिहरुले भ्रमणबारे विभिन्न सुझाव दिए । बैठकमा दलका नेताहरुले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ र मैत्रीपूर्ण बनाउन, विकास आयोजना सम्बन्धि विगतमा गरिएका सम्झौताहरुको कार्यतालिका सहित कार्यान्वयनको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए । 
 
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका प्रधानमन्त्री भारत जाने कुराले नेपालमा धेरै चर्चा पाउने र शंका पनि गर्ने गरिएको भन्दै आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध सुदृढ गर्नेमा केन्द्रित हुने सुनाए । प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्री भारत भ्रमण जाने कुराले नेपालमा सधैं तरङ्ग ल्याउँछ ।
 
तर, यसपटकको मेरो भ्रमण दुई देशीय सम्बन्धको सुदृढीकरण र विगतमा भएका सम्झौताको कार्यान्वयनमा नै केन्द्रित हुनेछ ।’ दाहाल विहिबार चार दिन औपचारिक भ्रमणमा भारत जाँदै छन् । शुक्रबार दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसंग भेट गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ