arrow

रुकुममा १० वटा स्थानीय सरकार बन्ने

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ भदौ २८ मंगलबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुम जिल्लामा १० वटा स्थानीय सरकार बन्ने भएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले लामो समयको छलफलबाट २ नगरपालिका र ८ ओटा गाउँपालिका गरेर १० ओटा स्थानीय तह बनाउने सहमति भएको हो ।
 
 प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानीय तह बनाउने सहमति गरेको प्राविधि समितिका संयोजक एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । प्राविधि समितिले जिल्लाका विभिन्न ठाउँमा पुगेर सञ्चाल गरेको अन्तरक्रिया, छलफलबाट आएका सल्लाह, सुझाव तथा जिल्ला स्तरीय छलफलबाट र रुकुमको भूगोल, जनसंख्या, हिमाली क्षेत्र, छुट्टै भाषिक क्षेत्र, भौगोलिक बिकटता, रुकुमका जनताको आवश्यकताको आधारमा १० ओटा स्थानीय तह बनाउने सहमति भएको समितिका संयोजक शर्माको दावि छ ।
 
 शर्माले संघीयताको लागि रुकुमेली जनताले बगाएको रगतको तुलनामा काठमाडौँमा बसेर जनसंख्यालाई भाग गरेर तोकको मापदण्ड अतिअव्यवहारिक भएकोले बर्षौ देखि उत्पडित र उपेक्षित रुकुमेली जनताको जनमत र जनभावनाको कदर गर्दै सर्वसम्मत र एकै स्वरले गरेको निर्णय आयोगको पछिल्लो निर्देशन अनुसार नै भएको शर्माले बताए । तर आयोगले रुकुममा ६ ओटा स्थानीय तह बनाएर सिफारिश गर्न निर्देशन गरेको थियो । 
 
 
अहिलेको सहमति अनुसार कोलको त्रिवेणी, हुकामको गरघाट, मोरावाङको सिसाघारी, रुकुमकोट, बाँफिकोटको छिनखेत, आठविसकोटको राडीज्युला, सिम्ली, मुसिकोट नगरपालिकाको खलंगा, रुघाँको सिम्म्रुतुमा स्थानीय तहका केन्द्र बन्ने बताएको छ । त्यस्तै चौरजहारी नगरपालिकाको केन्द्रभने तय भएको छैन् । चौरजहारी बजारमा केन्द्र बनाउने वा खोलागाउँ चन्द्र बजारमा बनाउने भन्ने विषयमा सहमति नजुट्दा केन्द्र र नामको टुंगो नलागेको बताईएको छ । 
 
सिसफारिस गरिएका ९ ओटा स्थानिय तहको नामांकन पनि गरिएको छ । जसमा पुथा स्वायत्त, उत्तरगंगा स्वायत्त, भूम्या स्वायत्त, सिसाघारी, सिस्ने, स्यार्पू, मुसीकोट, सानी भेरी, त्रिबेणी गाउँपालिका वनाउने सहमति भएको हो । चौरजहारी नगरपालिका, खोलागाउँ, नुवाकोटका केहि वडा र पुर्तिमकाँडाका केहि वडाहरुलाई मिलाएर वन्ने नगरपालिको नाम भने स्थानीय तहको निर्बाचन पछिको नगर परिषदबाट गर्ने सहमति जुृटेको स्थानिय तह पुर्नसंरचना प्राविकि सहयोग समितिले जानकारी दिएको छ ।
 
यस्ता छन् गाउँपालीका र नाम:
 
१.पुथा स्वायत्त गाउँपालिका 
जिल्लाको रन्मामैकोट, हुकाम र जाङको ८ र ९ नं। वडालाई मिलाएर पुथा स्वायत्त गाउँपालिका बनाईने छ । जसको केन्द्र हुकामको गरघाट तोकिएको छ । उक्त गाउँपालिकाको जनसंख्या ६ हजार ९ सय ४३ रहेको छ भने १४ सय ३३ घरधुरी रहेको छ । यो गाउँपालिका जनसंख्याका आधारमा सबैभन्दा सानो हो ।
 
२.उत्तरगंगा स्वायत्त गाउँपालिका 
तकसेरा, कोल, राङशी र जाङ वडा नं। १ देखी ७ सम्मको भु–भागलाई मिलाएर उत्तरगंगा स्वायत्त गाउँपालिका तोकिएको छ । उक्त गाउँपालिकाको केन्द्र कोलको त्रिवेणीमा बनाउने निर्णय भएको छ । १० हजार ९ सय ८९ जनसंख्या रहेको उक्त गाउँपालिकामा २ हजार ४ सय २८ घरधुरी रहेका छन् ।
 
३.भुम्या स्वायत्त गाउँपालिका
काँक्रि, मोरावाङ, महत, काँडा, चुनवाङ र रुकुमकोटको वडा नं। ४ मिलेर बनेको मगरहरुको पहिचान बोकेको अर्को गाउँपालिका हो भुम्या स्वायत्त गाउँपालिका । जसको केन्द्र मोरावाङको चिसापानीमा रहने छ । जुन गाउँपालिकाको जनसंख्या १८ हजार ५ सय ८९ रहेको छ । घरधुरी ३ हजार ८ सय ३५ रहेको छ । यस गाउँपालीकामा मगरहरुको बाहुल्यता छ ।
 
४.सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका सिस्ने, प्वाङ, रुकुमकोटको ४ नं। वडा बाहेकको अन्य भूभाग र स्यालापाखाको ३ र ४ नं. बाहेकको अन्य वडा मिलेर बनेको छ । जसको केन्द्र रुकुमकोट हो । १४ हजार ७ सय ३४ जनसंख्या रहेको यस गाउँपालिकामा ३ हजार १ सय ८० घरधुरी छन् ।
 
५.स्यार्पू गाउँपालिका
पिपल, वाँफिकोट, मग्माको ७ र ८ बाहेक अरु वडा, झुला र दुलीका ४, ५ र ६ नं। वडा मिलेर बनेको गाउँपालिका हो स्यार्पु । जसको केन्द्र वाँफिकोटको छिनखेतलाई तोकिएको छ । यसको जनसंख्या १८ हजार ६ सय ११ रहेकामा घरधुरी संख्या ३ हजार ७ सय ४७ रहेको छ ।
 
६.ठुलीभेरी विशेष गाउँपालिका 
ठुलिभेरी गाउँपालिका मग्माको ७ र ८, गोतामकोट, स्यालाखदी, आठविसकोट, आठविसडाँडागाउँ र घेत्मा गाविस मिलेर बनेको छ । यस गाउँपालिकाको केन्द्र आठविसकोटको राडिज्युला रहेको छ । ३३ हजार ६ सय १ जनसंख्या रहेको यो गाउँपालिका जनसंख्याका आधारमा जिल्लाको सबैभन्दा ठुलो हो । यहाँ ६ हजार ४ सय २१ ओटा घर रहेका छन ।
 
७. मुसिकोट नगरपालिका
सरदरमुकाम अवस्थित मुसिकोट नगरपालिकामा खलंगा, साँख, चौखावाङ, भलाक्चा, छिवाङ र स्यालापाखाका ३ र ४ न.। वडा जोडिने छन् । यसको केन्द्र खलंगा बन्ने छ । घरधुरीका हिशावले जिल्लाको सबैभन्दा ठुलो यस नगरपालिकाको जनसंख्या ३२ हजार ९ सय ३९ रहेको छ ।
 
८.त्रिवेणी गाउँपालिका 
जिल्लाको आठौं गाउँपालिका हो त्रिवेणी । रुघा, खारा, मुरु, पउघा र नुवाकोटको ३ नं। वडा मिलेर बन्ने यस गाउँपालिकाको केन्द्र रुघाको सिम्रुतुमा बन्ने छ । जनसंख्या १९ हजार ४ सय ४ रहेको छ भने घरधुरी संख्या ३ हजार ६ सय ९ रहेको छ ।
 
९.सानीभेरी गाउँपालिका 
सानीभेरी गाउँपालिकाका लागी सिम्ली, गरायला, दुलिका ४, ५ र ६ नं. वडा बाहेक अन्य वडा, पुर्तिमकाँडाका ४, ५ र ९ नं। वडा बाहेक अन्य वडा र अर्मा गाविस जोडिदैं छन् । यहाँको जनसंख्या २२ हजार ९ सय ९४ रहेको छ भने घरधुरी संख्या ४ हजार १ सय २९ रहेको छ ।
 
१०. नगरपालिका ९नामाकरण हुन बाँकी
नुवोकोटको ३ नं. वडा बाहेकका अन्य वडा, खोलागाउँ, पुर्तिमकाँडाका ४, ५ र ९ नं। वडा, कोटजहारी र विजयश्वरी गाविस मिलेर बन्ने यस नगरपालिकाको नाम र केन्द्र तोकिएको छैन् । चौरजहारी र जहारीमा सहमति नजुट्दा नाममा सहमति हुन नसकेको हो भने चौरजहारी बजारमा केन्द्र बनाउने की खोलागाउँ चन्द्रबजारमा बनाउने भन्ने सहमति नजुट्दा केन्द्रको टुंगो नलागेको हो । स्थानिय तहको निर्वाचन पछिको नगर परिषदले त्यसको टुंगो लगाउने स्थानीय तह पुनर्संरचना प्राविधिक समितिका संयोजक शर्माको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ