विश्वप्रकाशको जित निश्चित, गन्न बाँकी भन्दा अग्रता बढी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
750
Shares
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित्ने निश्चित भएको छ । फराकिलो मतान्तरका साथ विश्वप्रकाशले चुनाव जित्ने भएका हुन् ।
हालसम्मको गणनामा विश्वप्रकाशले ३८ हजार ४५८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेल ले २४ हजार ५९३ मत पाएका छन् ।
शर्माले खरेललाई १३ हजार ६६५ मतले पछि पारेका छन् । अब गन्न करिब ६ हजार मत बाँकी छ । सबै मत खरेललाई आए पनि जित विश्व प्रकाश कै हुने भएको हो ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७ हजार ६३५ मत पाएका छन् ।