arrow

अर्को दिल्ली सम्झौताको तयारी !

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
India-Gate-Delhi.jpg.jpeg
काठमाडौं । भारतीय हस्तक्षेपबाट नझुक्ने चर्का भाषण गर्दै आईरहेका नेताहरुले अन्ततः भारतकै रोहवरमा अर्को संझौता गर्ने तयारी गरेका छन् । सकेसम्म अदृश्य रुपमा अर्को संझौता भारतसंग गर्ने र आफुहरुका विचमा संझौता भएको देखाउने कसरतमा दलका नेताहरु लागेका छन् । भारतसंग नझुक्ने अठोट गरेका नेताहरुले भारतकै निगाहामा देखिने र नदेखिने विभिन्न खालका संझौताहरुको मस्यौदा तयार पारिसकेका छन् । 
 
भारतसंग निकट संवन्ध भएको मानिएका राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको दुई पटकको दिल्ली दौडपछि एकाएक सहमतिको उपाय फुर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।  उपप्रधानमन्त्री थापा दिल्लीबाट फर्किएको भोलीपल्ट प्रमुख तिन दलका विचमा तिन बुँदे साझा धारणा बन्नु, तिन दलको साझा धारणाका बारेमा छलफल गर्नु अघि मधेशी मोर्चाका नेताहरुले भारतीय दुतावासमा परामर्श गर्नु, त्यही दिन भारतको इसारामा पार्टी परित्याग गरेको भनिएका एमाओवादीका पुर्वउपाध्यक्ष वावुराम भट्टराई भारत जानु र भोली आईतवार मधेशी मोर्चाका शिर्ष नेताहरु दिल्ली जानुलाई खुलेआम भारतिय चलखेलको रुपमा बुझीएको छ । 

नेपालको हरेक महत्वपुर्ण राजनिति निर्णयमा भारतको संलग्नता हुन्छ भन्ने कुरा अहिले फेरी सतहबाटै पुष्टी हुने भएको छ ।  संविधान बनाउदा भारतलाई नटेरेको वा भारतको हस्तक्षेपमुक्त भएको दावी गर्ने नेताहरुले अहिले त्यही संविधानलाई भारतकै ईसारा अनुसार संशोधनको तयारी गरेका छन् । 

मधेशी मोर्चाको दवावमा निवर्तमान प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले अगाडी बढाएको संविधान संशोधनको प्रस्तावलाई भारतको सन्देश अनुसार थप संशोधन गरेर अगाडी बढाउने तिन दलले निर्णय गरिसकेका छन् ।  कुनैपनि मुल्यमा भारतसंग नझुक्ने भन्दै सार्वभौमिकताको दुहाई दिदै जनतालाई राष्ट्रियताको उत्तेजनामा पार्ने नेताहरुले अहिले उनीहरुलाई नै लाज लाग्ने गरी भारतीय निर्देशन र इसारा अनुसार काम गरिरहेको प्रष्ट देखिएको छ । 

स्वभिमानी नेपाली भन्दै कुर्लिने गरेका नेताहरुले झण्डै तिन महिनासंग जनताले पाउनु दुःख पाएपछि न स्वभिमान जोगाउन सके न जनताले सारा पिडा सहेर दिएको साथको कुनै औचित्य पुष्टी गर्न सके । आखिर जसरी पनि भारतको चित्त नवुझाई नहुने भए यतीका दिन दुःख पाउने अवस्था आउनु नेताहरुको अदुरर्शीता र अपरिपक्वता भएको धेरैको बुझाई छ । 

भारतपक्षीय नेताहरुको पंक्तिबद्ध दिल्ली भ्रमणपछि हुन लागेको भनिएको संझौता देखावटी रुपमा नेपालमै भएको जस्तो देखिएपनि संपुर्ण निर्देशन र इसारा दिल्लीकै भएकाले यसलाई अर्को दिल्ली संझौताका रुपमा विष्लेशण गरिएको छ ।  मधेशमा भईरहेको आन्दोलनलाई मधेशी जनताको आन्दोलन भन्दै आईरहेका मधेशी नेताहरुले सहमति उन्मुख बार्ता हुनु पुर्व शुक्रवार साँझ मधेशी जनता माझ जानुको सट्टा भारतीय राजदुतावासमा सोधपुछका लागि जानुले मधेश आन्दोलन पनि दिल्लीकै इसारामा भईरहेको आन्दोलन हो भन्ने छर्लङग भएको छ । 

भोली आईतवार भारत जान लागेका मधेशी नेताहरुको भारत भ्रमणको तालिका यस्तो छ । 
  • वरिष्ठ पत्रकार, लेखक, समाजिक अभियानताहरुसंग सामुहिक भेटघाट
  • विभिन्न पार्टीका संसदहरुको समुहसंग भेटघाट
  • भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी लगायतसंग भेटवार्ता
  • मुलाइमसिंह यादव, सरद यादव, लालु यादव लगायतका नेताहरुसंग भेटघाट
  • भारतीय काँग्रेसका सोनिया गान्धी, राहुल गान्धी, दिगविजाय सिंह लगायतसंगको भेटवार्ता, 
  • एस जायशंकर, अजित डोभाल, गृहसचिव, रक्षा सचिव लगायत सरकारी उच्च अधिकारीहरुसंग छलफल,
  • मन्त्रीहरु सुस्मा स्वराज, बिके सिंह, मनोहर परिकर लगायतसंग भेटवार्ता
  • प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायतसंग भेटवार्ता, 
  • लालकृष्ण आड्वानी, मुर्लीमनोहर जोशी लगायत शिर्ष नेताहरुसंग परामर्श, 
  • प्रधानमन्त्री मोदीको रात्री भोजमा सहभागी हुने, 
  • र पत्रकार सम्मेलन गरी स्वदेश फर्किने, 
मधेशी मोर्चाका नेताहरुको आकस्मीक तथा बहुपक्षीय भेटवार्ताले पनि नाकाबन्दी अन्त्यका लागि भारतको ईसारा अनुसार काम गर्ने नेपाली नेताको बचन बद्धतापछि मात्रै सहमति हुन लागेको विभिन्न घटनाक्रमले पुष्टी गरेका छन् ।  प्रधानमन्त्री निर्वाचनमा राष्ट्रियता पक्षधरको विजय भएको भन्दै प्रचार गरेको केपी ओली नेतृत्वको सरकार बन्नुको रहस्य अहिले खुल्दै जान थालेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ