arrow

हामी मालिक होइन संरक्षण गर्ने, सहयात्री हौं सँगै हिडौं: गगन थापा

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
gagan-thapa-mahila-sangh.jpeg
काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य मन्त्री गगन थापाले वीपीको सपना आफुहरुले मात्रै पुरा गर्ने बताएका छन्। महिला संघको महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित कृष्णप्रसाद सिटौला समूहको विशाल भेलामा बोल्दै मन्त्री थापाले वीपीले देखेका सपना कसैले पूरा गर्छ भने त्यो आफूहरुले मात्र पुरा गर्ने बताए। 
 
गणतन्त्रलाई संस्थागत गर्न आफ्नो समुह प्रतिवद्ध रहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री थापाले भने, ‘यही समूहले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत अघि बढाउन सक्छ।’महिला संघको वुधबारबाट राजधानीमा सुरु हुन लागेको तेस्रो महाधिवेशनका लागि जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि, महिला संघ जिल्ला सभापति तथा पार्टीका अन्य विभिन्न भ्रातृ संगठनका पदाधिकारी एवं प्रतिनिधिले खचाखच भरिएको राष्ट्रिय सभागृहमा थापाले सामाजिक आन्दोलनहरुको नेतृत्व अब महिला संघ लिनुपर्ने बताए। 
 
सामाजिक आन्दोलनहरु महिलासँग जोडिएको जनाउँदै थापाले अब ति आन्दोलनहरुको नेतृत्व गैर सरकारी संस्थाहरुले नभइ महिला संघ जस्ता संस्थाहरुले लिनुपर्ने थापाको भनाई छ। सोही प्रसंगमा उनले भने, ‘सामाजिक आन्दोलन महिलासंग जोडिएका छन् । त्यसको नेतृत्व अब एनजीओले हैन महिला संघ स्वयंले लिनु पर्दछ। आज दुई तीन जनाले सुरु गर्दा भोली हजारौं महिलाले नेतृत्व गर्नेछन्।’ त्यसका लागि हामीले अब तयारी गर्नु पर्दछ। 
 
तीन तहको चुनाव संघारमा रहेको जनाउँदै थापाले पार्टी भित्रका महिलालाई चुनावका लागि समेत तयार पार्नुपर्ने बताए। महिलालाई पहिलाको जस्तो देखाउनका लागि मात्र नभइ संविधानले अधिकारको समेत पूर्ण प्रत्याभुति गरेको अवस्थामा महिला नेतृत्व विकासमा महिला संघले स्थानिय तहदेखि नै काम गर्नुपर्ने बताए। 
 
 
काँग्रेसको महाधिवेशनको प्रसङगमा समेत थापाले भेलामा धारणा राखे। महाधिवेशनको मत परिणामलाई हेरेर हामीलाई तेस्रो पोल भन्नेहरुले नेविसंघको महाधिवेशनका परिणामको आधारमा हामीलाई अब के भन्ने हुन थापाले प्रश्न गरे। 
 
यो वा त्यो भन्नु भन्दा पनि हामी विचारको आधारमा समूहमा एकिकृत भएका विचार समूह हौं, थापाले थपे, ‘वीपीको सपना पुरा गर्ने समुह पनि यहि हो।’  कार्यकर्ताहरुको संरक्षण दिने नाममा कतिपय नेताले लोभ र डर देखाएको बताउँदै उनले भने ‘हामी मालिक होइन कसैको संरक्षण गर्ने। हामी सहयात्री हौ। हामी तपाइहरुसँग सँगसँगै हिड्न चाहन्छौ। संरक्षण मालिकले दिने हो।’
 
काँग्रेसमा आफ्नो समुहका नेता कृष्ण प्रसाद सिटौला काँग्रेसकै बरिष्ठ नेता भएको पनि थापाले बताए। उनले सभापति शेर बहादुर देउवा र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल उभिएको ठाउँमा हाम्रो नेता सिटौलालाई पनि राख्ने हिम्मत र आँट आफूहरुसँग रहेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ