arrow

काँग्रेसको स्टेरिङ हाम्रै हातमाः सिटौला

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
krishna-sitaula-mahila-sangh.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको स्टेरिङ अहिले आफुहरुले चलाइरहेको बताएका छन्। भ्रातृ संगठन महिला संघको तेस्रो महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा विशाल भेला गर्दै नेता सिटौलाले काँग्रेस महाधिवेशनमा आफूहरुले समुद्रमा हाम फालेपनि आफुहरु पौडिएर पार गर्दै काँग्रेसको स्टेरिङ आफूहरुले चलाउने अवस्थामा आइपुगेको बताए।
 
सिटौलाले अगाडि भने, ‘महाधिवेशनमा हामीले समुद्रमा हाम फालेकै हौं । तर, हामी पौडियौं, निस्क्यौं र अहिले पार्टीको स्टेरिङ चलाइरहेका छौं।’ नेता सिटौलाले पार्टी विचारले चल्ने हो भने काँग्रेसको विचार आफ्नो समुह भएको बताए। आफ्नो विचार समुह नै काँग्रेसको भविष्य भएको जनाउँदै उनले पार्टीमा विचारको संस्थापन पक्ष समेत आफ्नै समुह रहेको बताए।  
 
सिटौलाले भने, ‘वीपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको वैचारिक र सांगठनिक लिगेसी समेत हामीसँग छ।’ सभागृहमा खचाखच भएका महिला संघका जिल्ला सभापतिहरु र महाधिवेशन प्रतिनिधिहरुलाई सिटौलाले चेतनाको वाहाक भएर जानु पर्नेहरु आफै दविएर गएमा परिवर्तन गर्न नसक्ने तर्फ सचेत गराए। 
 
सिटौलाले कार्यक्रममै धना खतिवडाको नेतृत्वमा आफ्नो समूहको उम्मेदवारी रहने बताए। नेता सिटौलाले महिला संघको महाधिवेशनमा कसरी उम्मेद्वारी दिने भन्ने टुंगो महिलाहरुको समुहले नै लगाउने उल्लेख गरे। सिटौलाले महाधिवेशनको तयारीको लागि केही दिन अघिबाट निरन्तर छलफल चलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ