arrow

रामदेवका बफादार सहयोगी आचार्य बालकृष्ण भारतीय धनीको सूचीमा

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
ramdeb-ka--sahayogi-balka.jpeg
काठमाडौं । भारतीय योग गुरु रामदेवका बफादार सहयोगी एवं पतञ्जलीका सीईओ आचार्य बालकृष्ण भारतीय धनीको सूचीमा परेका छन् । ३ सय ३९ जना धनीको सूचीमा आचार्य २६औं स्थानमा परेका छन् । 
 
सीईओ आचार्य बालकृष्ण ३ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय धनी व्यक्तीको सूचीमा परेका हुन् । 
 
पतञ्जलीमा बालकृष्णको ९४ प्रतिशत स्वामित्व रहेको छ । पतञ्जलीले अहिलेसम्म पाँच हजार करोडको कारोबार गरेको र २०१७ सम्ममा दश हजार करोडको कारोबार गर्ने लक्ष्य रहेको सार्वजनिक धनी सूची रिपोर्टले उल्लेख गरेको छ । 
 
आचार्य बालकृष्ण योग गुरु रामदेवको नजिकको र विश्वासिलो सहयोगी हुन् । विभिन्न प्रतिवेदनका अनुसार उनको व्यवस्थापन शैली नै नितान्त भिन्न छ । यद्यपि, आचार्यले आईफोन प्रयोग गर्छन् । उनको कार्यकक्षमा कम्प्युटर भने छैन । 
 
आचार्यले आफ्नो कुनै पनि बैंकमा व्यक्तिगत खाता नरहेको जनाएका छन् । सन् २०११ मा आचार्यलाई सीबीआईले जाल गरेको भन्दै मुद्दा दर्ता गरेपछि उनी पक्राउ पनि परेका थिए । 
 
सीबीआईले उनको पासपोर्ट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा बनेको जिकिर गर्दे नागरिकताबारे समेत प्रश्न उठाएको थियो । यद्यपि, ठोस प्रमाण नजुटेपछि बालकृष्णलाई अदालतले सफाई दिएको थियो ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ