arrow

चुनाव हारेका भुषालले युवाहरूलाई खाडीमा नबेच्न गरे रायमाझीलाई आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
hariprasad-bhusal-arghakhanchi-rsp.jpg

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीलाई तेस्रो बनेका हरिप्रसाद भुषालले बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सन्जालबाट शुभकामना दिँदै भुषालले युवा स्वरोगारीलाई ध्यान दिन आग्रह गरेका छन् । भुसालले भनेका छन्,  ‘अर्घाखाँचीका जनताको आम्दानीको स्रोत बढाउँदै बलिया पाखुरा भएकाहरुलाई खाडीमा बेच्नेभन्दा पनि जिल्लामै स्वरोजगार बनाउनुछ ।’

जिल्लाको शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय अनि निस्शुल्क बनाएर मात्रै बढ्दो बसाइँसराइ रोक्न सकिने बताउँदै भुषालले सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिमा ध्यान दिन आग्रह गरेका छन् । 

‘सन्धिखर्क गोरुसिंगे सडक तत्काल स्तरोन्नति गर्नुछ । अस्पताल र विद्यालयको दुरावस्थाका कारण बसाईसराईको सोचमा रहेकाहरुलाई रोक्नुछ ।’ भुषालले भनेका छन्, ‘गाउँमा नै बसेपनि उपचार नपाएर मर्नुपर्दैन भनेर विश्वास आमजिल्लावासीहरुलाई दिलाउनु छ ।’

नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तेस्रो बनेका राष्ट्रि«य स्वतन्त्र पार्टीका हरिप्रसाद भुषालले ३ हजार २ सय मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ