arrow

यि हुन् देउवा र सिटौलाका साझा उम्मेद्वार, पौडेल समूहको छुट्टै उम्मेद्वारी

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
deuba-poudel-sitoula-1.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले समूहले साझा उम्मेद्वारी दिने भएकाे छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको लामो छलफल पछि साझा उम्मेद्वारी दिने विषयमा भद्र सहमति भएको स्रोतले जनाएको छ । सहमति अनुसार महिला संघको अध्यक्षको उम्मेद्वार देउवा पक्षकी उमा अधिकारी र महासचिवमा सिटौला समूहकी धना खतिवडा हुने छिन् । 
 
मंगलबार साँझ अवेर देउवा र सिटौलाले एक्ला एक्लै छलफल गरेका थिए। जसअनुसार वुधबार महाधिवेशनको उद्घाटन समारोह अघि अध्यक्ष र महासचिवको उम्मेद्वारी घोषणा हुने र सम्भवतः वुधबार साँझसम्म संयुक्त पुरै प्यानलको घोषणा हुन सक्ने बताइएको थियो। तर मंगलवार राती नै संयुक्त उमेद्वारीको घोषणा भयो।  
 
कस्ले कति हिस्सा लिने भन्ने बारेमा देउवा निवासमा लामो छलफल चल्यो । मंगलबार भएको कार्यक्रममा उम्मेद्वारी घोषणा गर्ने भनिएपनि नेता सिटौलाले धना खतिवडाको नेतृत्वमा उम्मेद्वारी तयार हुने सम्म मात्रै जानकारी दिएका थिए। छलफलपछि देउवा सिटौलाले एउटै प्यानलमा उम्मेद्वारी दिने तयारी गरेका हुन् ।
 
यस्तै, नेता रामचन्द्र पौडेल समूहले छुट्टै उम्मेद्वारी घोषणा गरेको छ।  राजधानीको एक पार्टी प्यालेसमा घोषणा कार्यक्रम आयोजना गरी पौडेल समूहले मिना पाण्डेलाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारेको छ । अन्य पदाधिकारीबारे भने वुधबार मात्रै टुंगो लाग्ने बताइएको छ । महिला संघको निर्वाचनमा अवलम्बन हुने देउवा र सिटौलाको कार्यगत एकता तरुण दलमा पनि कायम रहने सम्भावना समेत बढेर गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ