arrow

काभ्रेका सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
बनेपा। काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको छ ।  अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय, हेटौडालाई जिम्मेवारी तोकिएको छ ।  केही दिनमा नै परिणाम आउन सक्छ उनले भने । विभागले सिलबन्दी गरी बिक्री वितरण रोक्का गरेको पम्पमा बनेपाको उग्रचण्डी आयल स्र्टोस, माता उग्रचण्डी आयल स्र्टोस, पाँचखालको पाँचखाल आयल स्टोर, माता पलाञ्चोक फ्युल सेन्टर, पनौती जय अम्बे र जनागालको नारायण आयल स्टोर रहेका छन् । 

यता पम्पको ठगी प्रकरणले काभ्रेपलाञ्चोकमा आउने तेलको परिणाममा कटौती भएको छ ।  दैनिक ३५ देखि ४० हजार लिटर डिजेल आएको जिल्लामा अहिले दैनिक १२ हजारदेखि १८ हजार लिटरसम्म डिजेल आएको पेट्रोलियम डिलर्स एसोसियसन काभ्रेपलाञ्चोकका उपाध्यक्ष अमुल तौजलेले जानकारी दिए ।  उनले कारबाहीमा परेका पम्पलाई आउने तेल अन्य पम्पलाई दिन नमिल्ने भएका कारण पम्पमा तेल कटौती भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ