arrow

देउवा समुहबाट उमा र सिटौला समुहबाट धनाको संयुक्त प्यानलको घोषणा

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
uma-dhana-sitaula-gagan.jpeg
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौला समूहले साझा उम्मेद्वारी घोषणा गरेको छ। सभापति देउवा र नेता सिटौलाबीच भएको लामो छलफल पछि साझा उम्मेद्वारी दिने विषयमा भद्र सहमति भएको हो। सो सहमति लगत्तै देउवा समुहकी अध्यक्षकी उमेद्वार उमा अधिकारी र सिटौला समुहकी महिला नेतृ धना खतिवडाले नेता कृष्ण सिटौला तथा अन्य नेताहरु गगन थापा, उमाकान्त चौधरी, प्रदिप पौडेलको उपस्थितिमा संयुक्त प्यानलमा रहेर प्रतिष्पर्धा गर्ने सहमति जनाएका छन्। वागवजारको एक होटलमा सयुक्त प्यानलको घोषणा भएको हो। 
 
अब महिला संघमा देउवा र सिटौलाको संयुक्त प्यानल भएर पौडेल समुहसँग प्रतिष्पर्धा हुनेछ। राती ९ वजेपछि उमा अधिकारी र धना खतिवडाले हात मिलाएर संयुक्त प्यानको नेतृत्व गर्ने घोषणा समेत गरे। अध्यक्ष र महासचिवको उम्मेद्वारी घोषणा भएपछि सम्भवतः वुधबार साँझसम्म संयुक्त पुरै प्यानलको घोषणा हुन सक्ने स्रोतले जानकारी दिएको छ। 
 
कस्ले कति हिस्सा लिने भन्ने बारेमा देउवा निवासमा लामो छलफल चलिरहेको छ। मंगलबार भएको कार्यक्रममा उम्मेद्वारी घोषणा गर्ने भनिएपनि नेता सिटौलाले धना खतिवडाको नेतृत्वमा उम्मेद्वारी तयार हुने सम्म मात्रै जानकारी दिएका थिए। छलफलपछि देउवा सिटौलाले एउटै प्यानलमा उम्मेद्वारी दिने तयारी भएको हो। महिला संघको महाधिवेशन बुधवारबाट हुँदै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ