arrow

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको प्रभावशाली जित, मेसीको ह्याट्रिक

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
barca.jpeg
नोउ क्याम्प । युएफा च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव बार्सिलोनाले शानदार प्रदर्शन गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्कटल्याण्डको क्लव सेल्टिकलाई ७–० को फराकिलो एवं प्रभावशाली जित हासिल ग¥यो । 
 
Barcelona's 'Holy Trinity' (L-R) Neymar, Lionel Messi and Luis Suarez celebrate the Argentine's hat-trick
 
लिगमा उत्कृष्ट सुरुवात गर्ने क्रममा अर्जेन्टाइन स्ट्राइकर लिओनल मेसीले ह्याट्रिक गरे । त्यस्तै लुइस सुवारेजले दुई तथा  इभा राकिटिच र एन्द्रेस इनिस्ताले एक एक गोल गरे ।
 
The Argentina phenomenon celebrates his second goal, which came from one of four assists from Neymar (front)
 
यो हारसंगै सेल्टिकले युएफामा सबैभन्दा फराकिलो हारको कीर्तिमान रचेको छ । खेलमा मौसा डेम्बेलेले प्रहार गरेको पेनाल्टीसमेत खेर फालेपछि सेल्टिक लज्जास्पद हार बेहोर्न वाध्य भएको हो । 
 
The final member of Barca's front three, Suarez, unleashes a volley for the first of his two late goals in the second half
 
बार्सिलोना र सेल्टिक रहेको समूह सीको म्यानचेष्टर सिटी र बोरुसिया एम्ब्याचबीचको खेल भने खराव मौसमका कारण रद्द भएको छ ।
 
च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिखले पनि शानदार जित हासिल गरेको छ । बायर्नले रुसको एफसी रोस्तोभलाई ५–० ले हरायो ।
 
Celtic forward Dembele trudges back to the centre circle after seeing his side concede an early goal
 
बायर्नको समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले नेदरल्याण्डस्को पिएसभी आइन्डोभनलाई १–० ले पराजित गरेको छ । 
 
 
च्याम्पियन्स लिग अन्तर्गतका अन्य खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र इङ्ल्यान्डको आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् ।
Serge Aurier jumps into Edinson Cavani's arms after providing the cross for the striker to head home an early opener for PSG
 
त्यस्तै स्वीट्जरल्याण्डको एफसी बाजलले बुल्गेरियाको लुदोगोरेट्स राजगार्डसँग पनि १–१ गोलको बराबरी खेलेको छ ।
 
Arsenal goalkeeper David Ospina was given no chance by the Uruguayan's glancing header after just 42 seconds
 
यस्तै ईटालीको नापोलीले युक्रेनको डाईनामो किभलाई २–१ ले हरायो । तर पोर्चुगलको बेनिफिका र टर्कीको बेसिक्तासले भने १–१ गोलको बराबरी खेलेका छन् ।
 



नयाँ