arrow

चर्चित गायक सुनील बर्देवाको निधन

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
Sunil-Bardewa.jpeg
काठमाडौं, भदौ २९ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक सुनील बर्देवाको निधन भएको छ । संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा जन्डिसबाट पीडित थिए ।
 
उनले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
 
दर्जनौं चर्चित गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए । तर उनी गायन र संगीतबाट चिनिएका थिए ।
 
शास्त्रीय सांगीतिक ‘मेट्रिक्स’ब्यान्डमा पनि सक्रिय उनी नयाँ एल्बमको तयारीमा थिए । उनको मेरो गितार, कन्फ्युज, जब म, बेस्ट अफ सुनील बर्देवालगायत आधा दर्जन गीति एल्बम प्रकाशित छन् । 
 
काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भएको थियो । 
 
बर्देवाको शवलाई बुधबार बिहान प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ