arrow

महिला संघ महाधिवेशनः मलाई प्रतिस्पर्धा मन पर्छ – मीना पाण्डे

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
Mina-Pandey.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । इतिहास लामो भए पनि बल्ल तेस्रो पटक हुँदै गरेको महाधिवशेनमा आकांक्षी पनि धेरै नै छन् । तदर्थ समितिमा रहेका सदस्यहरु चुनावमा उठ्न नपाउने भएपछि बाहिरबाट नै प्रतिस्पर्धा हुँदैछ । त्यो प्रतिस्पर्धा काँग्रेस सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाबीच तालमेल भएपछि अब सीधै देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच हुनेछ । 
 
यस्तैमा पौडेल पक्षबाट मीना पाण्डेले नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछिन् । उनले प्रतिस्पर्धाबारे हाम्राकुरासंग भनिन्, ‘मलाई प्रतिस्पर्धा मन पर्छ, जो जसरी एलायन्स गरे पनि फरक पर्दैन ।’ उनी आफू नेतृत्वका लागि सक्षम भएकाले पनि जित्नेमा आशावादी रहेको बताइन् । उनको भनाइ छ, ‘कुनै गुट विशेष भन्दा पनि भोट हाल्दा अनुभवी पनि हेर्छन् प्रतिनिधिहरुले, त्यसैले मलाई जिताउनु हुन्छ भन्ने विश्वास छ ।’
 
काँग्रेसभित्र गुटबन्दीको राजनीति फस्टाएको सन्दर्भमा उनले व्यक्तिगत रुपमा को कहाँ बसेर गुटबन्दी गर्छन् त्यसको पछि नलाग्नेसमेत बताइन् । उनले आफूहरुको प्यानल अझै तयार भइनसकेको र छिट्टै तयार हुनेसमेत बताएकी छिन् । नेतृ पाण्डेले आपूmलाई अनुभवी  र युवा नेतृहरुले सघाउने वचन दिएकाले पनि पछि नहट्ने बताइन् । 
 
के छन् त उनका एजेन्डा ? 
–महिलाको अधिकारलाई फराकिलो बनाउन लाग्ने
–समान उपस्थिति 
–राजनीतिक, आर्थिक, सामाजिक, सर्वाङ्गिण अधिकार सुनिश्चित लगायत ।
 
उनलाई तदर्थ समितिबाट चुनावमा उठ्न नदिने नियम लगाइनु राम्रो लागेको छैन । यसलाई उनले अधिकारबाट वञ्चित गरिएको ठान्छिन् । तत्कालीन सभापति सुशील कोइरालाले नेविसंघ, तरुण दल र महिला संघका तदर्थ समिति बनाएर चुनाव गर्न निर्देशन दिने क्रममा ६ महिने म्याद तोकेका थिए । तर चुनाव पनि नगर्ने अनि छ महिनापछि यो नियम लागु हुँदैन भन्दै विरोध पनि भइरहेको छ । नेविसंघले भने नियम पालना गरेको छ । त्यस्तै महिला संघमा पनि त्यो नियम लागु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ