काठमाडौं । नेपाली भाषाको विषयमा विभिन्न किसिमका ध्रुबीकरणहरु देखिँदै आएको बेलामा मानक नेपाली भाषा अभियान २०७३ले भने नेपाली वर्णविन्यास सम्बन्धि १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशका पछिल्ला (२०६८ र २०७२) संस्करणहरूमा प्रयुक्त वर्णविन्यास र लिपिचह्न एवं विवादित नेपाली वर्णविन्यास सम्बन्धी ‘चन्द्रगढी घोषणापत्र – २०६६’ का नाममा प्रस्तुत गरिएको विवादास्पद नेपाली वर्णविन्यास तथा लिपिचिह्नप्रति पनि अभियानले बिमति जनाएको छ ।
अभियानका संयोजक डा. खगेन्द्रप्रसाद लुईँटेलले जारी गरेको विज्ञप्तीमा पछिल्लो समयमा देखिएका विवादास्पद निर्णयहरू खारेज गराउन पनि माग गरिएको छ । हेर्नुहोस् उक्त अवधारणापत्रको पूर्या पाठ ।