arrow

कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा

संरक्षणक्षेत्र भित्रको वस्ती पुर्नस्थापन गर्ने तयारी

logo
यादव आचार्य,
प्रकाशित २०७३ भदौ २९ बुधबार
krishnasar-conservation-area.jpeg
बर्दिया। नेपालबाटै लोपहुन लागेपछि वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा सुचिकृत गरेको एन्टीलोप प्रजातीको वन्यजन्तु कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा परेको छ।
 
२०२६ साल देखि ऐलानी जग्गाको रुपमा वसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो। सरकारले २०६५ साल देखि बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरमा रहेको कृष्णसारको प्राकृतिक वासस्थानलाई संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्न थालेको छ। तराईको एकमात्र संरक्षण क्षेत्रको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण कार्यालयले जनाएको छ। कुल क्षेत्रफल मध्ये ५ दशमलव २७ वर्ग कि.मि. कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले वताए। उनले भने ११ दशमलव ६८ वर्ग कि.मि.आवादी क्षेत्र हो। समुन्द्री सतहबाट १ सय ५२ मिटरको उचाईमा रहेको संरक्षण क्षेत्रले गुलरिया नगरपालिकाको ४ वटा वार्ड समेटेको छ। 
 
कृष्णसार संरक्षण क्षेत्र भित्र ९३ वटा घर पूरानो ऐलानी वस्ती र ४९ वटा घर सुकुम्वासी वस्ती गरी १ सय ४२ घर वनेका छन्। उनले थपे २०२८ साल देखि पूरानो वस्ती र २०४६ साल देखि सुकुम्वासीहरुले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन्। करिव ११ विगाहा क्षेत्रफल नम्वरी रहेकाले मुअव्जा दिनु पर्ने देखिन्छ। उनले भने यसै वर्ष देखि पुर्नस्थापन गर्ने तयारी गरेका छौं।
 
सरकारले कृष्णसार संरक्षण क्षेत्र भित्र अतिक्रमण गरी वसेका हरुलाई पुर्नस्थापन गर्ने निर्णय गरेको वताए। उनले भने सुकुम्वासीलाई १० धुर र पुरानो वस्तीलाई ३ कठ्ठा जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने प्रकृयामा छौ। पुर्नस्थापन वापत आएको ६० लाख रुपैया घरवास उठाउने खर्च वापत दिईने उनले वताएका छन्।
 
कृष्णसार संरक्षण क्षेत्रको तारवार वाहिरको केही जग्गा, बर्दिया राष्ट्रिय निकुञ्जले खरिद गरेको जग्गा र जंगल क्षेत्रको खाली जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने कार्यक्रम रहेको उनले प्रष्ट्याए। संरक्षण क्षेत्रमा अतिक्रमणको चरम समस्या रहेको वताउँदै यसले चरिचरन लगायत रोगको समस्या निम्त्याउने वताए। हाल बर्दिया स्थित खैरापुरको प्राकृतिक वासस्थानमा ६८ वटा भाले १ सय २७ पोथी र ५७ वच्चा गरी २ सय ५२ वटा कृष्णसार रहेको संरक्षण कार्यालयले जनाएको छ। जसमा २ वटा कृष्णसार खोरेत रोगबाट मरेको जनाईएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ