arrow
ADVERTISEMENT

‘भारत आफै नाकाबन्दी खोल्न बाध्य हुन्छ’

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
cp.jpg.jpeg
बुटवल । उपप्रधान तथा महिला, बालबालिका मन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगतमा भारतको छवि ब्रिग्रीएकाले भारत छिटै नाकवन्दी खोल्न बाध्य हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनीद्धारा शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिना कारण नाकावन्दी लगाएकोले नाकाबन्दि खोल्न भारतलाई आफ्नै मुलुकका नागरीक लगायत अन्तराष्ट्रिय जगत बाट समेत ब्यापक दबाब बढेकोले भारतले छिट्टै नाकाबन्दि खोल्ने बिस्वास ब्यक्त गरे ।

यस अघि भारतसँग मात्रै निर्भर रहेको नेपालको ब्यापार अबका दिनमा अन्य मुलुकसँग समेत बिस्तार गर्नेगरी सरकारले गृहकार्य गरीरहेको जानकारी समेत उनले दिए । भारतसँग जोडिएका सिमा नाका खोल्न सरकारले निरन्तर रुपमा क्रियाशील रहेको बताउदै नेकपा मालेका महासचिब समेत रहेका मैनालीले आगामि दिनमा छिमेकी मुलुक चिन लगायत सम्भब भए सम्मका अन्य मुलुकहरुसँग समेत ब्यापार बिस्तार गरीने बताए ।

भुपरीबेष्ठित मुलुकले प्राप्त गर्ने ब्यापार तथा पारबहन अधिकार बिपरित भारतले गरेको नाकाबन्दिका कारण नेपालीहरुको घर घर र चुलो चुलोमा समस्या आएको भन्दै मैनालीले तिन तिरबाट घेरीएको छिमेकी मुलुकले भन्सार रोक्नु भनेको मान्छेको घाँटी थिच्नु जस्तै भएको टिप्पणी गरे ।

मधेसवादी दलहरुले उठाएका मागहरु सम्बोधन गर्न सरकारले एक दुई दिन भित्रै संबिधान संसोधन प्रस्ताब पेश गर्न लागेको जानकारी दिदै उनले राष्ट्रियता र राष्ट्रिय अखण्डतामा आच नआउने गरी मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकार तयार रहेको दोहोर्याए । कार्यक्रम क्लबका पश्चिमाञ्चल क्षेत्रिय संयोजक प्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ