arrow

पहिरोको कारण २ दिन देखि कर्णाली राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
landslide-file-1.png
नविन कुमार शर्मा,
दैलेख। दैलेखको खड्कवाडा गाविस वडा नं. ७ स्थित अमृसेमा विगत २ दिन देखिको भारि वर्षातको कारण पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत देखि कालिकोट, जु्म्ला जाने कर्णाली राजमार्गमा आज विहान नौ बजे तिर गएको पहिरोको कारण हजारौ यात्रुहरु अलपत्र परेका छन।
 
कर्णाली क्षेत्र जानका लागि एक मात्र विकल्प रुपमा रहेको उक्त कर्णाली राजमार्गमा पटक-पटक पहिरो जादा कर्णालीवासी मर्कामा परेको यात्रुहरु बताउछन। पहिरो खुलाउनको लागि दैलेखबाट गएको डोजर विग्रीएपछि अहिले सडक डिभिजन कार्यालय सुर्खेतबाट डोजर जादै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए।
 
साघुरो र कठिन बाटो रहेको यस राजमार्गमा धेरै दुर्घटनाहरु घटिसकेका छन। दिनहु जस्तो दुघंटना हुने गरेको यस रागमार्गमा गाडिको क्षमता भन्दा वढि यात्रुहरु वोक्ने गरेकोकारण पनि दुर्घटना हुने गरेको देखिन्छ। गाडिको चेकजाँच गर्नका लागि प्रयाप्त ट्राफिक प्रहरीको ठाँउ ठाँउमा चेक नभएको कारणले पनि दुर्घटना वढ्दो  रहेको छ। दशै तिहार जस्तो जाडपर्व आउन थालेको र भारत गएका नेपालीहरु पनि अव विस्तारै घरतिर आउन थालेपछि वसको छतमा समेत वसेर यात्रा गराउन थालेका छन। चाडपर्वको समयलाई मध्यनजर गरेर दुर्घटना कमी गराउन ठाउँ ठाउँमा चेकचाजँ गर्नुपर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ