arrow

चुनाव हारेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
bikram-sing-thapa.jpg

कपिलवस्तु । कपिलवस्तु २(क) प्रदेशका लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह थापाले झिनो मतान्तरले चुनाव हारे पनि छोटो समयमा कपिलवस्तुवासीको मन जित्न भने सफल भएको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलवस्तुवासीको यस्तै माया, प्रेम,सद्भाव र स्नेह प्राप्त भइरहने अपेक्षा राखेको समेत बताए। 'प्राविधिक रूपमा झिनो मतले चुनावमा पराजित भए पनि छोटो समयमा म तपाईँहरूको मनमा बस्न सफल भएको छु' सामाजिक सञ्जालमा लामो लेख प्रकाशित गर्दै थापाले भनेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा बुथगतवा वडागत बाकसबाट मतगणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखिचल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाई छ। 'यस वाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरूको मुखडा उजागर भएको छ' उनले थप अगाडी भनेका छन्- 'कांग्रेसप्रति गरेको गद्दारी ,घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ।'

कांग्रेसका कर्मशील कार्यकर्ताहरूले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उनको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारात्मक नतिजा दिने उनले बताए । उक्त प्रदेश क्षेत्रमा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सदस्यका रूपमा पार्टीको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगन्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रहरी सेवामा रहँदा अव्वल अधिकृतका रूपमा कहलिएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुन । प्रहरी सेवामा रहँदा पनि कपिलवस्तुवासी सोझा,सिधा,दुःखी जनको सेवामा समर्पित रहेको उनको भनाई छ।

कांग्रेसजस्तो गौरवशाली इतिहास बोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गरेका छन्। चुनावमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता,मतदाता,सुरक्षाकर्मी सबैप्रति थापाले आभार प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ