arrow

महिला संघको महाधिवेशन, उत्साहजनक सहभागिता

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
mahila-sang-news.jpeg
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन राजधानीको प्रदर्शनीमार्गमा सुरु भएको छ। वुधबार दिउँसो पार्टी सभापति सभापति शेरबहादुर देउवाले एक समारोहबीच महाधिवेशन उद्घाटन् गरे। महाधिवेशनमा सहभागि हुन देशभरबाट २२४४ महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन्। महाधिवेशन उद्घाटन समारोहमा उत्साहजनक सहभागिता रहयो। समारोहमा पार्टीका शीर्षस्थ नेता, विभिन्न भ्रातृसंगठनका नेता कार्यकर्ता, अन्य दलका प्रमुख प्रतिनिधिहरु सहभागि भए।
 
महिला संघको नयाँ नेतृत्वका लागि सभापति देउवा र नेता कृष्ण सिटौलाले साझा रणनीतिका साथ चुनाव लड्ने घोषणा गरेका छन्। दुईपक्षबीच भएको सहमति अनुसार देउवा समुहकी उमा अधिकारी अध्यक्षकी उमेद्वार र सिटौला समुहकी महिला नेतृ धना खतिवडा महासचिवकी उम्मेद्वार हुने छन्। संयुक्त प्यानलको पूर्ण खाका साँझ सम्म सार्वजनिक हुने बताइएको छ। उता, आफुलाई हराउने षड्यन्त्र भएको भन्दै नेता रामचन्द्र पौडेल अन्तोष छन्। उनको तर्फबाट मिना पाण्डे अध्यक्षको उम्मेद्वारी दिँदै छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ