arrow

पाटन संग्रहालय छिर्न दाेहाेराे शुल्ककाे व्यवस्था हट्याे, कसले कति तिर्नुपर्छ (विवरणसहित)

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
lalitpur-Sub-_metro.jpeg
काठमाडौं । पाटन दरबार क्षेत्र अब बिहानैदेखि खुल्ने भएको छ । ललितपुर उपमहानगरपालिका र पाटन पाटन संग्रहालय विकास समितिबीच मंगलबार सहमतिभएसँगै आउँदो असोज १ गतेदेखि संग्रहालय विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुलाईने पाटन दरबार संग्रहालयले जानकारी दिएको छ । अहिलेसम्म विहान १० बजे मात्रै संग्रहालय खुल्ने गरेको छ । 
 
त्यस्तै, अहिले दुई ठाउँमा पैसा तिर्नुपर्ने अवस्थाको पनि अब अन्त्य भएको छ । मंगलबार नै संग्रहालयमा आयोजितछ एक कार्यक्रमकाबीच उपमहानगरपालिका र समितिबीच सहमति भएको हो । 
 
यी दुई निकायले अब एकीकृतरुपमा र एकद्वारबाट रकम संकलन गर्ने पिवषयमा सहमति भएसँगै दुबै निकायको पहलमा एकद्वार पर्यटन प्रवेश सेवाशुल्क व्यवस्थापन कार्यविधी २०७३ पनि कार्यैन्वयनमा ल्याएका छन् । जस अन्तर्गत् प्रवेश गर्नेबेलामा एकपटक पैसा तिरीसकेपछि सोही एउटै टिकेटले सबै सम्पदा क्षेत्र भ्रमणगर्न पाईने व्यवस्था पनि गरिएको ललितपुर उपमहानगरपालिकाका राजश्व विभाग प्रमुख डिल्ली शाक्यले जानकारी दिए । 
 
यस अघि पाटन दरबार क्षेत्र प्रवेश गर्नेबेलामा  नै प्रवेश शुल्क भोर काठमाडौं महानगरपालिकाले रकम उठाउने र त्यसैको ५० मिटर पर फेरि संग्रहालयले पैसा उठाउने गरिएको थियो । यस्तो हुँदा पर्यठकहरूमा समस्या सिर्जना हुन थालेपछि दुबै निकायले एकद्वार नीतिको बाटो अवलम्बन गरेका हुन् । 
 
मंगलबारको उक्त कार्यक्रममा संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा पर्यटन मन्त्रालयका सचिव लगायतको उपस्थितीमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 
 
कति छ प्रवेश शुल्क ? 
पाटन दरबार संग्रहालय र ललितपुर उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भई एकद्वारनीतिबाट पैसा उठाउन थालेपछि रकममा पनि समायोजन भएको छ । एकद्वार पर्यटन प्रवेश शुल्क कार्यविधीका अनुसार पाटन दरबारमा भ्रमण गर्न आउने पर्यटकहरुले तिर्नपर्ने रकमको विवरण यस्तो छ । 
सार्क बाहेकका राष्ट्रका पर्यटकको लागि प्रति पर्यटक रु एक हजार रुपैयाँ 
 
सार्क राष्ट्रका पर्यटकहरु –प्रति पर्यटक २५० रूपैयाँ 
 
पाटन संग्रंहालयमा प्रवेश गर्ने आन्तरिक पर्यटकको लागि प्रतिव्यक्ति रु ३० परिचयपत्र भएकाहरूलाई रु १५
 
यो व्यवस्था असोज १ गतेदेखि नै लागूहुने छ भने उल्लेखित रकम तिरेपछि उपमहानगरपालिकाले पर्यटन क्षेत्र भनेको अन्य स्थानमा पनि भ्रमण गर्न सकिने पनि उपमहानगरपालिकाले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ