arrow

तस्करको कुटाईबाट प्रहरी सहित सर्वसाधारण घाइते

प्रहरी पछि हटेपछि खोला बालुवा तस्करको कबजामा

logo
बिजय चौहान ,
प्रकाशित २०७३ भदौ २९ बुधबार
police-man.jpg.jpeg
वीरगन्ज। पर्साको पिडारीगुठ्ठी गाविसमा आज भारतीय बालुवा तस्करको कुटाइबाट  प्रहरी र सर्वसाधारण घाइते भएका छन् । गाविसको  ओरिया खोलाबाट बालुवा झिकन आएका भारतीय तस्करलाई रोकन खोज्दा भएको झडपमा परी सशस्त्र प्रहरीका  हवलदार राजकुमार माझी र  पिडारीगुठ्ठी गाविसको वडा नम्बर २ निवासी प्रभु चौधरी  घाइते भएका हुन‍् ।
 
तस्करले गरेको ढङ्गामुडाबाट घाइते भएका प्रहरी र स्थानियको पिडारीगुठ्ठी गाविसको स्वास्थ्य चौकीमा उपचार भई रहेको पर्साको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । उनले ओरिया खोलाबाट बालुवा झिकन आएका भारतीलाई स्थानिय वासिन्दाको सहयोगमा प्रहरीले रोक्न खोज्दा भारतीय पक्षबाट ढङ्गामुडा गर्दा प्रहरी र स्थानिय घाइते भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
 
ओरिया खोलाको बालुवा झिक्ने विषयमा स्थिती तनाव ग्रस्त भएपछि सशस्त्र प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन तीन सेल आसुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । उनले सशस्त्र प्रहरीको समान्य बल प्रयोगबाट बालुवा तस्कर खोला क्षेत्रबाट भागेको जानकारी दिए ।
 
तर पछि खोला क्षेत्रमा भारतीय  तस्करको संख्या बढदै गएपछि खोला क्षेत्रबाट सुरक्षाकर्मी पछि हटेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल वीरगन्जका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुले जानकारी दिए । उनले खोला क्षेत्रमा भारतीय तस्करको संख्या बढेपछि सुरक्षा स्थिती अनियन्त्रीत भएपछि सुरक्षाकर्मीलाई पछि सारिएको बताए ।
 
 ओरिया खोलाका स्थितीलाई नियन्त्रणमा लिन भारतीय अधिकारीसंग समन्वय भइरहेको सशस्त्र प्रहरी उपरिक्षक ठाकुरले जानकारी दिए । ओरिया खोलाबाट सुरक्षाकर्मी पछिहटेपछि खोलाबाट बालुवा झिकने कार्य तीव्र रुपमा भई रहेको स्थानियवासिन्दाले बताएका छन् ।पिगाडरी गुठ्ठीको ओरियो खोलाबाट बालुवा झिन खोज्दा पटक पटक भारतीय तस्कर र नेपाली सुरक्षाकर्मी बीच झडप हुदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ