arrow

महिला भएनन् भने काँग्रेसले चुनाव हार्छ : देउवा

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
deuba.jpeg
काठमाडौं । नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले नेपाली प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका अतुलनीय रहेको दाबी गरेका छन् । नेपाल महिला संघको काठमाडौंमा जारी महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनको लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताएका हुन् । 
 
उनले अबको केन्द्रीय सदस्यमा महिलाको उम्मेदवारी समानुपातिक भन्दा बढी हुनुपर्नेमा पाि जोड दिए । ‘अब स्थानीय र प्रान्तिीय पनि निर्वाचन हुँदैछ’ उनले भने ‘यसमा महिलाहरूको प्रतिनिधित्व बढी भन्दा बढी हुनु आवश्यक रहेको छ ।’
 
महिलाहरू स्वभावैले सहनशील रहेको भन्दै सभापति देउवाले महिलाहरूको सक्रिय सहभागिता नहुने हो भने नेपाली काँग्रेसले पनि चुनाव जित्न नसक्ने दाबी पनि गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ