arrow

युवा प्रतिभा सम्मानित

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
patrakaar.jpeg
काठमाडौं । देशभरका स्वतन्त्र युवा र युवाका क्षेत्रमा काम गर्ने  गैर सरकारी संघसंस्थाको छाता सगंठन नेपाल स्वतन्त्र युवा संघले यस वर्ष पनि विभिन्न पत्रकारहरूलाई सम्मान गरेको छ । समाजमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका पत्रकारहरूलाई सम्मान गर्दै आएको संघले मंगलबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् ।
 
समारोहमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ण युवा पत्रकार सम्मान अनलाइनतर्फ अन्नपुर्ण डटकमका सम्पादक सुवेदी,  टेलिभिजनतर्फ न्यूज २४ का समाचार प्रमुख सुशील अर्याल, प्रधानमन्त्रीसँग सिधा कुराका संयोजक तथा सभामुखका प्रेस सल्लाहकार बवीन सर्मा र रेडियोतर्फ थाहा सञ्चारगृहका समाचार सम्पादक दिपेन्द्र कुँवरलाई प्रदान गरिएको थियो । 
 
नेपालको युवाअभियानलाई संसारभर चिनाउन अमेरिकामा बसेर युवा अभियानमा चलाएका राम गुरुङ् नेपाली बैंकर सुरेश देवकोटा, त्रि।विबाट सामाजिक कार्य विषयको परीक्षमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रतिक्षा शर्मा र नेपालको शिक्षा र सिपको क्षेत्रमा क्रियाशिल दावा लामालाई सम्मान प्रदान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ