arrow

वादोरियो टोली जापान जाँदै

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
karate-toli-japan-jadai.jpeg
काठमाडौं । जापानमा हुने ११औं सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागि हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ ।
 
सेप्टेम्बर १७ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुषको ७०–७५ केजीमा चित्रप्रसाद श्रेष्ठ, ८०–८४ केजीमा सिमोन खत्री तथा ५५–६० केजीमा जोगमेर लामाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५०–५५ केजीमा रोएकता सिंहले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
 
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, अफिसियलमा तेजेन्द्र गुरुङ तथा रेफ्रीमा शुक्रबहादुर राई छन् ।
 
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।



नयाँ