arrow

आर्थिक अभावका कारण ६ महिनासम्म अस्पतालबाट बाहिरिन सकेनन् साउद

logo
प्रेम रौले,
प्रकाशित २०७३ भदौ २९ बुधबार
rukumhero.jpeg
बाजुरा  । गत बैशाख महिनामा सामुदायिक बनमा आगो निभाउन जाँदा घाईते भएका नन्द साउदको अझै उपचार हुन सकिरहेको छैन । आगो निभाउन जाँदा भीरबाट असेका साउदको आर्थिक अभावका कारण झण्डै ६ महिनासम्म पनि उपचार हुन नसकेको परिवारले जनाएका छन् ।  
 
कैलाशमाडौँ गाविस ८ मा रहेको खिन्नै सामुदायिक वनमा गएको बैशाख महिनाको १६ गते आगलागी भएको थियो । आगलागी भएको देखेर सोही गाविस ८मा रहेका नन्दे साउँद गम्भीर घाइते भएका थिए । घाइते भएका साउँदको अछाम बयालपाटादेखि भारतसम्म उपचारका लागि लगिएको आफन्त मान बहादुर साउँदले बताए । 
 
उपचार गरेको पाँच महिना वितिसक्दा सम्म पनि बेहोमै रहेका छन् । उपचार गराएपछि घर ल्याइएका साउदका लागि एक जना हेरालो रहनुपर्ने बाध्यता रहेको भाइ मान बहादुर साउदले बताए । साउदको टाउकोमा गम्भीर चोट लागेको छ । उपचार गर्नकालागि विभिन्न संस्था र कैलामाण्डौ गाविसले दश हजार गरी २७ हजार सहयोग प्राप्त भईसकेको छ । 
 
आगो निभाउन गएका साउद लडेर गम्भीर घाइते पछि उनको उपचारको लागि साढे ६ लाख खर्च लागेको थियो । घरको अवस्था नाजुक भएकाले अझै उपचार गर्नका लागि ५ लाख रूपैयाँ अपुग रहेको परिवारले गुनासो गरेका छन् । 
 
उनका छोरा राम बहादुर साउदले भने ‘घरमा ३ भाइ बहिनी पढ्ने मात्रै हो त्यसैमाथि बुबाको उपचारका लागि खर्च जुटाउनका लागि समस्या भएको छ ।’ समाज सेवा लागेका बुवा अहिले विपत्ती आइलाग्दा कसैले सहयोगी भावना नदेखाएको गुनासो पनि उनले गरे । समाजका  लागि घरको व्यवास्ता गर्ने आफ्नो बाबुलाई अहिले समाजले नै बेवास्ता गरेको भन्दै उनले दुख व्यक्त गरे । 
 
उपचारका लागि गाविसले पचास हजार दिने निर्णय गरेको भए पनि हालसम्म दश हजार मात्र दिएको छ । घाइते भएका साउदका श्रीमती सहित ५ छोराछोरी छन् । जसमध्ये दुई छोरीले विहे गरिसकेका छन् । 
 
घाइते भएका साउद पाँच महिनासम्म पनि बोल्न सक्ने भएका छैनन् । तर उपचारमा खटिएका डाक्टरहरुले भने ६ देखि ७ महिना पछि मात्र बोल्न सक्ने बताएको भाइ मान बहादुर सउदले बताएका छन् । 
 
क्याप्सन ः घाइते साउद ह्वील चियरमा बसेका स्याहार गर्दै आफन्तहरु । 
फोटो ः प्रेम ÷बाजुरा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ