arrow

भ्रमणबारे सम्पादकहरुलाई पनि ब्रिफ

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पत्रकारहरुलाई समेत जानकारी गराएका छन् ।
 
वुधबार साँझ सरकारी निवास बालुवाटारमा विभिन्न टेलिभिजन र पत्रपत्रिकाका सम्पादकहरुलाई डाकेर प्रधानमन्त्री दाहालले भ्रमणबारे जानकारी गराएका हुन् । 
 
दाहालले एक साता अघिबाटै भ्रमणबारे ब्रिफ गर्न सुरु गरेका थिए । सम्पादकहरुसंगको छलफलमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण दुवै देशको हित हुने विषयमा भ्रमण केन्द्रीत हुने जानकारी दिए । 
 
दाहालले भने, ‘भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनका लागि मुख्य पहल गर्छु ।’ नेपालको बहुहितका एजेण्डाहरुले नै प्राथमिकता पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ