arrow

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
pm-deuba-ck-rauth-electon-2079.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकारात्मक रहेको बताइएको छ। सङ्घ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

काँग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

'भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो। दुवै नेताबीचको छलफल सकारात्मक भयो । काँग्रेससँग सङ्घ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,' निधिले भने।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रूपमा रहेको छ।

यसअघि राउत र काँग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ