arrow

प्रधानमन्त्रीको भ्रमण दल बढीमा ५२ सदस्यीय हुने, लेखिएका तर नपाइएका सहयोग हात लगाउने

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
prachanda.png
काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोली बढीमा ५२ सदस्यीय हुने भएको छ । भ्रमण टोलीबारे केही संचारमाध्यममा आएका समाचार आफ्नै किसिमले जानेहरुको समेत संख्या जोडिएर आएको भन्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले बढीमा ५०–५२ सदस्यीय हुने बताए । 
 
मन्त्री कार्कीले मन्त्रिपरिषद्मा भ्रमण दलको आकारबारे छलफल भएको नभएको भनि केही भनेनन् । एक सय १६ सदस्यीय भन्ने कुरा आइराछ ? मन्त्री कार्कीले जवाफमा भने, ‘सरकारको चार्टर गरेर लैजानेको संख्या बढीमा ५२ हुन सक्ला नभए त्यो भन्दा थोरै पनि हुन सक्छ । अरु आफ्नै हिसावले जाने व्यवसायी, संचारकर्मीहरु हुन सक्छन् ।’ केही दिन देखि सरकारले ४२ देखि ४५ जना भ्रमण सदस्य रहने बताउँदै आएको थियो । 
 
कार्कीले वुधबारको मन्त्री परिषद् बैठकमा भ्रणको एजेण्डाबारे छलफल भएको भने सुनाए । मन्त्री कार्कीका अनुसार भारत र नेपालबीच अहिले सम्म भएका सम्झौता कार्यान्वयन गर्ने भनि लेखिएको तर पालना नभएकोबारे छलफल भएको थियो । बैठकले लेखिएका तर नपाइएका सहयोगहरु पाउनु पर्नेमा जोड दिएको कार्कीले जानकारी दिए । पाउने भनेर पनि हालसम्म हात नलागेका सहयोगहरु हात लगाउनु पर्नेमा मन्त्रीहरुले जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ