arrow

मधेस आन्दोलनको रिमोट देश बाहिर छः पर्यटनमन्त्री

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
Ananda-Pokharel.jpg.jpeg
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिर रहेको बताएका छन् ।  नेकपा एमाले नगरकोट नगर कमिटीको शनिवार सुडालमा आयोजित पहिलो स्थापना दिवस कार्यक्रममा मन्त्री पोखरेलले मधेसी मोर्चाका नेताहरुसमेत देश बाहिरबाटै निर्देशित भएकाले यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नुपर्ने औल्याए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार 
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार गरिने बताउँदै नेपालको पर्यटकीय क्षेत्रको राष्ट्रिय गुरुयोजना निर्माण गर्न सरकार लागेको जानकारी दिए ।  उनले नगरकोट जाने वैकल्पिक कमलविनायक, कलमसी, सुडाल सडकको स्तरोन्नति एवम् त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर आए मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । 

एक सय वर्षअघिका धार्मिक एवम् ऐतिहासिक पुरातात्विक संरचना भूकम्पले भत्काएको भए पुनःनिर्माणमा सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।  कार्यक्रममा एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु तामाङ, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजा, एमाले भक्तपुर जिल्ला सचिव हरिशरण लामिछानेलगायतले देशको इन्धन सङ्कट हटाउन सबै पक्षले कदम चाल्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ