arrow

मन्त्रिपरिषद्को निर्णय : उपत्यकामा नूनमा २ रुपैंया छुट, पहाडमा १ किलोको मात्र ९ रुपैंया

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
dahal-new-cabinet-news--FNL.jpeg
काठमाडौं । सरकारले दशैं र तिहारमा उपभोक्तालाई राहत दिन भन्दै दैनिक उपभोग्य वस्तुमा सहुलित दिने निर्णय गरेको छ । 
 
बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दशैं तिहारलाई लक्षित गरी काठमाडौं उपत्यकाको ११ स्थानमा सुपथ मूल्यका पसल संचालन गर्ने निर्णय गरेको हो । 
 
यस्तै, बैठकले उपत्यकामा चीनीको मूल्य ५ रुपैंया र नूनको मूल्य २ रुपैंया कम गरेको छ । चामलमा समेत पाँच रुपैंया छुट हुने निर्णय भएको छ । 
 
यसैगरी, दशैं तिहार लक्षित गरी पहाडी क्षेत्रमा नूनको मूल्य प्रतिकिलो ९ रुपैंया कायम गरिएको छ भने, चामल र गेडागुडीमा १० रुपैंयासम्म छुट दिने निर्णय समेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ